punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

गठबन्धन टुट्दैन, सुदूरपश्चिममा कांग्रेसको सरकार संकटमा : एमाले सचिव भट्ट

Chaupati
safha napa

कैलाली । नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले अहिले सत्ता गठबन्धन टुट्ने अवस्थामा नरहेको बताएका छन् । प्रेस चौतारी नेपाल कैलालीले अत्तरियामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भट्टले सत्ता गठबन्धनमा समस्या नरहेको र तत्काल टुट्ने अवस्था पनि नरहेको स्पष्ट पारेका हुन् ।

‘राष्ट्रपतिको विषयले गठबन्धनमा समस्या सृजना हुँदैन उनले भने, ‘एमाले नेतृत्वको गठबन्धन कायम रहन्छ यो तत्काल टुट्ने अवस्थामा छैन । ’उनले सबैको सहमतिमा एमालेबाटै राष्ट्रपति हुने पनि दाबी गरे ।

‘राष्ट्रपतिका लागि गठबन्धनमा जे सहमति भएको छ त्यहीअनुसार अघि बढ्छ’, भट्टले भने, ‘पार्टीले सबैलाई मान्य हुने गरी उपयुक्त उम्मेदवार उठाउँछ। गठबन्धन कायम रहन्छ।’
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमति भनेर सबै दलको भावनाको प्रतिनिधित्व हुने राजनीतिक व्यक्तिलाई इङ्गित गरेको भन्दै भट्टले एमालेले पनि सोहीअनुसार उम्मेदवार बनाउने बताए ।

भट्टले सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्तिका कारण एमाले सरकार ढलेको बताए । उनले अहिलेको सरकार पनि सङ्कटमा रहेको जिकिर गरे । नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरीलाई रिहा गर्ने बिषयमा सरकारले पहल गरेको तर,सर्वोच्चमा मुद्धा रहेकाले रिहाको तिथि मिति दिन नसकेको समेत स्पष्ट पारे ।

‘रेशम चौधरीजीको रिहाइ उहाँहरूको सर्त थियो। हामीले सरकारका तर्फबाट सक्दो पहल गर्छौँ भनेका थियौँ’, भट्टले थपे, ‘रेशमजीले त्यो कुरा बुझ्नुभएन। उहाँले तत्कालै छुटाउनुपर्छ भनेर भन्नुभयो। सर्वोच्चमा विचाराधीन मुद्दामा राजनीतिक निर्णय गर्ने कुरा भएन।’

नेकपा एमालेले भोलिबाट सुरु गर्न लागेको ‘मिसन ग्रासरुट’का लागि सचिव भट्ट हिजो धनगढी पुगेका हुन् । अभियानमा अभिमुखीकरण पार्टीका उपाध्यक्ष विष्णु प्रसाद पौडेलले गर्ने जनाइएको छ । यस्तै अभियानको अनुगमनको जिम्मेवारी सचिव भट्टलाई दिइएको छ ।


४ फागुन २०७९, बिहीवार १५:५० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु