punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भारतले पाकिस्तानलाई ७ विकेटले हरायो

Chaupati
safha napa

भारतले आईसीसी महिला टी-ट्वान्टी विश्वकपमा विजयी सुरुआत गरेको छ।

केपटाउनमा भएको खेलमा पाकिस्तानलाई ७ विकेटले पराजित गरेर भारतले सुखद सुरुआत गरेको हो।पाकिस्तानले दिएको १ सय ५० रनको लक्ष्य भारतले १९ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो।

भारतका लागि जेमिमा रोट्रिजेजले ३८ बलमा ५३ रनको अविजित ईनिङ खेल्दा शफाली बर्माले ३३ रन बनाईन्। रिचा घोषले अविजित ३१ रन बनाईन्। यात्सिका भाटियाले १७ रन बनाउँदा कप्तान हरमनप्रित कौरले १६ रन बनाईन्।

पाकिस्तानका लागि नशरा सन्धुले २ तथा सादिया ईकवालले १ विकेट लिईन्।

त्यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ४ विकेट गुमाएर १ सय ४९ रन बनायो। पाकिस्तानका लागि कप्तान विस्मा मारुफले अविजित ६८ रन बनाईन्। अयाशा नसिमले ४३ रन बनाईन्।

भारतका लागि राधा यादवले २ तथा दिप्ति शर्मा र पूजा भातस्करले समान १र१ विकेट लिईन्। जितसँगै भारत १ खेलमा २ अंकका साथ समूह बी को दोस्रो स्थानमा उक्लिएको छ।​

गएराति नै भएको अर्को खेलमा श्रील्रकाले बंगलादेशलाई ७ विकेटले हरायो ।


१ फागुन २०७९, सोमवार ०७:३९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु