punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

विप्लवनिकट नेकपाले लगायो नगर प्रमुख र उपप्रमुखको कार्यकक्षमा ताला

Chaupati
safha napa

विप्लवनिकट नेकपाले बझाङको बुंगल नगरपालिकाका प्रमुख र उपप्रमुखको कार्यकक्षमा ताला लगाएको छ।

नगरपालिका एक महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन भएपछि विजगडास्थित नगरपालिका कार्यालयमा नगर प्रमुख जयबहादुर धामी र उपप्रमुख धनबहादुर बोहराको कार्यकक्षमा ताला लगाएको हो। नेकपाले आइतबार विज्ञप्ति जारी गर्दै नगरपालिकालाई कार्यकर्ता भर्ती केन्द्र बनाएको आरोपसमेत लगाएको छ।

दलगत स्वार्थका कारण कर्मचारी खिचातानी गर्नाले नगरपालिका कार्यालय कार्यकारीविहीन भएको विज्ञप्तिमा आरोप लगाइएको छ। यसकारण स्थानीयले ठूलो सास्ती भोग्नु परेको र उक्त समस्या समाधान गर्न ताला लगाएको पार्टीका जिल्ला सेक्रेटरी जीवनले बताए।

जनताको पीडा सम्बोधन नभए कडा संर्घषमा जानेसमेत विज्ञप्तिमा उल्लेख गरिएको छ।


२९ माघ २०७९, आइतवार २०:३० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु