punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अब कैलाली मोहन्यालका विद्यार्थी भुईँमा बसेर पढ्नु पर्ने छैन

Chaupati
safha napa

कैलाली । कैलाली घोडाघोडी नगरपालिका ९ मा रहेको मोहन्याल आधारभूत विद्यालयका करिब २० जना बिद्यार्थीहरु अहिले भर्खर अक्षर चिनिरहेका छन् । कलिला उमेरका यहाँका बालबालिकालाई न राम्रो बस्ने स्थान छ नत राम्रो भवन ।

No description available.

सुनौलो भविष्यका आधार मानिएका बालबालिकाहरूको जर्जर अवस्था हल गर्न अहिले पत्रकार प्रकाश मिश्र लागिरहेका छन् ।

एनआरएन स्विजरल्याण्डको एक एनसिसी एक परियोजना अन्तरगत मोहन्याल आधारभूत विद्यालयमा २२ फिट चौडाइ ४५ फिट लम्बाइ भएको कक्षा कोठा निर्माण हुँदै गरेको छ । उक्त भवन निर्माण पछि भुईँमा बसेर बढ्नु पर्ने बाध्यता अन्त्य हुने अपेक्षा गरिएको छ ।

No description available.

कक्षा ५ सम्म अध्ययन हुने यस विद्यालयमा सबै भन्दा धेरै अक्षर चिन्ने विद्यार्थीहरू छन् । उनीहरूलाई नै सबै भन्दा धेरै समस्या भएको देखेर यहाँ भवन निर्माणको लागि पहल गरिएको सहयोग नेपालका अध्यक्ष समेत रहेका पत्रकार मिश्रले बताए।

No description available.

साढे ५ लाख लगानीमा निर्माण गर्न लागिएको भवनको लागत खर्च बढिरहेको मिश्रले बताए । यता धमाधम भवन निर्माण भइरहेको देखेर विद्यार्थी र शिक्षक सबै खुसी छन् ।

‘यो भवनले हामीलाई निकै सहज हुने छ’ विद्यालयका प्रधानाध्यापक लक्ष्मण घर्तीले भने, ‘यहाँ हामीले बाल विकास चलाउने अपेक्षा गरेका छौँ । भवनले साना बालबालिकाहरूको अध्ययनमा निकै सहज हुने भन्दै प्रधानाध्यापक घर्तीले सहजीकरण गरिरहेका पत्रकार मिश्र र एनआरएन स्विजरल्याण्ड अध्यक्ष शुभ एल्मर लामालाई धन्यवाद दिए ।

No description available.


२५ माघ २०७९, बुधवार २२:०३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु