punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दुई सांसदलाई दायाँ बायाँ राखेर रन्जिताले लेखिन् -न्याय देऊ हामीलाई क्षमा चाहिँदैन

Chaupati
safha napa
कैलाली । नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय अध्यक्ष रन्जिता चौधरीले आफूहरूलाई क्षमा नभई न्याय चाहिएको बताएकी छन् । सुदूरपश्चिम प्रदेशका दुई सांसदलाई दायाँ बायाँ राखेर रन्जिताले न्यायको याचना गरेकी हुन् ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले आज विश्वासको मत लिने तयारी गरेका थिए । तर, नागरिक उन्मुक्तिका सांसदहरू धनगढी नआएपछि आजको बैठक भोली दिउसो १ बजे सम्मका लागि स्थगित गरिएको हो । अहिले पनि नागरिक उन्मुक्तिका सांसदहरू कैलाली पुगेका छैनन् । यसैबिच नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष श्रेष्ठले सुदूरपश्चिमका सांसदहरूसँगको No description available.तस्बिर सार्वजनिक गर्दै न्यायको अपिल गरेकी हुन् ।
‘जो जो चोर छन्, ठुलै स्वर छ उनको समाज भाँडिराखे मात्रै चुल्हो बल्छ उनको’ उनले लेखेकी छन्, ‘अशान्ति बनाइराखे उनैले राज गर्छन् उनैले जनता मार्छन्, उनै महाराज बन्छन् ।’
रन्जिताले दोषीलाई दण्ड देन र निर्दोषीलाई नथुन्न आग्रह गरेकी छन् ।
उनले भनेकी छन्, ‘श्रीमान् ! न्याय देऊ हामीलाई क्षमा चाहिँदैन । दोषीलाई दण्ड देऊ तर निर्दोषीलाई थुन्न पाइँदैन’
रेशम चौधरी लगायतका बन्दीहरू रिहा नभएसम्मका लागि विश्वासको मत नदिने अडान लिएको नागरिक उन्मुक्तिकै अध्यक्षले क्षमा नभई न्याय चाहिएको बताएकी हुन् ।

२५ माघ २०७९, बुधवार १४:१९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु