punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दार्चुलामा बन्दुकधारी भन्दै समातिएका किशोर पेस्तोल नक्कली भएकाले रिहा

Chaupati
safha napa

दार्चुलामा शनिबार बेलुकी प्रहरीले एक पेस्तोल बरामद गर्‍यो। जिल्लाको महाकाली नगरपालिका–९ को सकार खेल मैदानबाट एक जना १५ वर्षीय किशोरको साथबाट पेस्तोल बरामद गरिएको थियो तर त्यो पेस्तोल नै नक्कली भएको खुलेको छ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार खेल मैदानमा जम्मा भएका केटाहरूबीच झगडा भएका वेला ती किशोरले पेस्तोल देखाएको भनेर प्रहरीमा खबर आएको थियो। त्यसपछि प्रहरीले नक्कली पेस्तोलसहित ती किशोरलाई पक्राउ गरेको थियो।

शनिबार बेलुकी ती किशोरलाई जिल्ला प्रहरी कार्यालयको टोलीले समातेर उपचार गराएको थियो। ती किशोरको स्वास्थ्यमा समेत समस्या रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता तथा प्रहरी निरीक्षक जगत गाहा मगरले बताए।

उनले भने, ‘अस्ति ९शुक्रबार० स्कुले केटाहरूको लफडा हुँदा ती किशोरले नक्कली पेस्तोल देखाएछ्न्। त्यसपछि बन्दुकधारी भनेर ल्यायौं तर अनुसन्धान गरेर हेर्दा उक्त पेस्तोल नक्कली भएको खुल्यो। त्यो खेलौना रहेछ, त्यसलाई ‘एयर पेस्तोल’ भनिँदो रहेछ। त्यो बजारमा सहजै पाइने खेलौना रहेछ।’

अहिले समातिएका किशोरलाई आफन्तको जिम्मा लगाइएको उनले बताए।


१५ माघ २०७९, आइतवार १७:५१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु