६ जीबी र्याम र ६००० एमएएच ब्याट्री सहित अनरको सस्तो फोन नेपाली बजारमा
laqmLsf nflu /flvPsf v's'/L
ef]hk'/, * df3 M laqmLsf nflu /flvPsf ef]hk'/] v's'/L . oxfF lgdf{0f ul/Psf ef]hk'/], l;?kft], afF;kft], lrTnfª], sf]lrd'8f, kfgjfnf, wf/vf]n], af]lvd]nufot cfsf/sf v's/L ljZj ahf/df ;d]t k|Voft 5g . tl:a/ M o'j/fh lji6÷/f;;
अनर एक्स सेभेन ए’ स्मार्टफाेन नेपाली बजारमा भित्रिएकाे छ । सस्तो र टिकाउ फोनको रूपमा अघि सारिएकाे याे फोनमा ६.७४ इन्चको टीएपटी एलसीडी डिस्प्ले छ ।
मिडियाटेक एमटी६७६५ एज हेलियाे जी३७ (Mediatek MT6765H Helio G37) चिपसेटद्वारा सञ्चालित फोन एन्ड्रोइड १२ र म्याजिक यूआई ६.१ मा आधारित छ ।
यो फोन नेपाली बजारमा ६ जीबी र्याम र १२८ जीबी इन्टर्नल स्टोरेज भेरियन्टमा उपलब्ध छ । फोनमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा, ५ मेगापिक्सेल अल्ट्रावाइड, २ जीबी अल्ट्रावाइड र २ मेगापिक्सेलकै डेफ्थ सेन्सर छ ।
साथै ८ मेगापिक्सेलको सेल्फी क्यामेरा दिइएकाे छ । कम्पनीका अनुसार फोनमा ३० एफपीएसको १०८० पिक्सेलको भिडिओ रेकर्ड गर्न सकिन्छ ।
त्यस्तै फाेनकाे मुख्य विशेषताका रूपमा ६००० एमएएच क्षमताको ब्याट्री छ, जसका लागि २२.५ वाटको वायर्ड चार्जर र ५ वाटकाे रिभर्स वायर्ड चार्जर दिइएकाे छ ।
नेपाली बजारमा यसको मूल्य २२ हजार ९९० रुपैयाँ तोकिएको छ ।
१० माघ २०७९, मंगलवार १३:५० बजे प्रकाशित













