सुनको मूल्य हालसम्मकै उच्च

सुनको मुल्यले मंगलबार नयाँ रेकर्ड कायम गरेको छ । सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँ पुगेको छ ।

यसअघि गत फागुन २५ गते सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ५ सय पुगेको थियो । जुन उच्च मूल्य एक वर्ष नपुग्दै तोडिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला १ हजार रुपैयाँ बढी हो । यसअघि सोमबार १ लाख ५ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । अन्तर्राष्ट्रिय मूल्य उतारचढावअनुसार नेपालमा महासंघले मूल्य निर्धारण गर्दै आएको छ ।

महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला १ हजार ३६५ रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य भने गत फागुन २५ गते प्रतितोला १ हजार ४५० रुपैयाँ पुगेको थियो । जुन मूल्य हालसम्मकै उच्च हो ।


१० माघ २०७९, मंगलवार ११:५८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु