कांग्रेसले भन्यो – राष्ट्रपतिको निर्वाचन समयमै हुनुपर्छ

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपतिको निर्वाचन समयमै गर्नुपर्ने बताएको छ ।

पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकले कुनै कानुनी अड्चन छ भने त्यसलाई हटाएर समयमै निर्वाचन गर्न सरकारको ध्यानाकषर्ण गराएको हो ।

प्रवक्ता डा। प्रकाशरण महतले भने, ‘ऐनमा एक महिना अगाडि भन्ने व्यवस्था छ, ५ वर्षको अवधि पनि भनिएको छ । त्यहाँ भएको कन्ट्राडिक्सनलाई टुंग्याएर समयमै निर्वाचन गर्ने काम सरकार र निर्वाचन आयोगको छ ।’

आलटाल गरेर पछाडि धकेल्न नहुने कांग्रेसको जोड छ । बैठकले राष्ट्रपति निर्वाचनमा संसदमा रहेका अन्य दलहरुसँग छलफल थाल्ने निर्णय पनि गरेको डा। महतले बताए ।


९ माघ २०७९, सोमवार १२:१० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु