जिप्रका कैलालीमा डिआइजी सिंहद्वारा अनुगमन तथा निरीक्षण (फोटो फिचर )
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक डिआइजी अशोक सिंहले जिल्ला प्रहरी कार्यालय कैलालीको अनुगमन तथा निरीक्षण गरेका छन् ।
उनले भौतिक पूर्वाधारहरूको स्तर अपराध अनुसन्धान शाखा, प्रशासन शाखा, कार्य शाखा तथा अन्य शाखाहरूबाट सम्पादित कार्यहरू र अभिलेख व्यवस्थापनको निरीक्षण गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
डिआइजी सिंहलाई जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक देवेन्द्र बहादुर पालले कार्यालय तथा जिल्लाको वस्तुस्थिति बारे जानकारी गराएका थिए ।
हेर्नुहोस् तस्बिर










तस्बिर जिल्ला प्रहरी कार्यालय कैलाली
८ माघ २०७९, आइतवार १५:१९ बजे प्रकाशित













