punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

विमान दुर्घटना : अत्यधिक जलेका कारण १४ जनाको शव अझै पहिचान भएन

Chaupati
safha napa

पोखरा हवाई दुर्घटनामा मृत्यु भएकामध्ये अझै १४ जनाको शव पहिचान हुन बाँकी रहेको छ।

काठमाडौँ ल्याएकामध्ये १४ जनाको शव पहिचान हुन बाँकी रहेको त्रिभुवन विश्वविद्यालय ९त्रिवि० शिक्षण अस्पतालका फरेन्सिक मेडिसिन विभागका प्रमुख डा गोपालकुमार चौधरीले जानकारी दिए।

उनका अनुसार ती शव अत्यधिक जलेको हुनाले फरेन्सिक विधिबाट शव पहिचान हुन समस्या भएको हो।

‘ती शव अत्यधिक रुपमा जलेको हुनाले हामीलाई फरेन्सिक विधिबाट शव पहिचान गर्न समस्या भएको छ’, उनले भने, ‘आज साँझसम्म पनि हामी शव पहिचान गर्ने कोसिस गर्दछौँ।’

उनका अनुसार फरेन्सिक विधिबाट शव पहिचान गर्न नसकेमा ‘डिएनए’ परीक्षणबाट पहिचान गरिने छ।

नेपाल प्रहरीको प्रयोगशालामा ती शवको डिएनए परीक्षण गरिने विभागका प्रमुख डा चौधरीले बताए।

डिएनए परीक्षणबाट शव पहिचान गर्नका लागि कम्तीमा २२ दिन लाग्ने उनले जानकारी दिए।

फरेन्सिक जाँचका लागि काठमाडौँ ४८ शव ल्याइएको थियो।

यस्तै पोखरामा २२ जना फरेन्सिक जाँच गरिएको छ।

यही माघ १ गते काठमाडौँबाट पोखरातर्फ गइरहेको यती एयरलाइन्सका जहाज सेती नदीको खोँचमा दुर्घटना भएको थियो।

दुर्घटनामा चार चालक दलका सदस्यसहित ७२ जनाको निधन भएको थियो।


८ माघ २०७९, आइतवार १५:०२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु