punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा आधा दर्जन मुख्यन्याधिवक्ताको दौडमा

Chaupati
safha napa

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको मुख्यन्याधिवक्ताको लागि दौडधुप सुरु भएको छ । मुख्यमन्त्री तथा प्रदेश सरकारको प्रमुख कानुनी सल्लाहकारको भूमिकामा रहने मुख्यन्याधिवक्ताको लागि दौड सुरु भएको हो ।

सुदूरपश्चिम सरकारका मुख्यमन्त्री नेकपा एमालेका राजेन्द्र सिंह रावल छन् । उनको कानुनी सल्लाहकारको लागि नेकपा एमाले निकट अधिवक्ताहरु मुख्यान्याधिवक्ताको लागि आ–आफ्नो लबिङलाई तीव्र बनाएका छन् ।

एमाले निकट स्रोतका अनुसार अधिवक्ता सिद्धराज ओझा, दलबहादुर धामी, गम्भीर सिंह ऐर, नील प्रसाद तिवारी, राजेन्द्र साउँद र उमेश बिष्ट गरी ६ अधिवक्ताहरु लबिङमा छन् ।

६ जनामध्ये अधिवक्ता साउँद, ओझा र धामीको सम्भावना प्रवल रहेको बुझिएको छ ।


७ माघ २०७९, शनिवार ०७:५१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु