punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सभामुखको निर्वाचन माघ २ गते गर्ने मुडमा सभाध्यक्ष भट्ट, सोही दिन उपसभामुखको पनि निर्वाचन गर्नु पर्ने बाध्यता

Chaupati
safha napa

कैलाली । सुदूरपश्चिम प्रदेशको सभामुखको निर्वाचन कहिले गर्ने भन्ने बारे अन्योल भएको छ । अस्ति भएको निर्वाचनमा माओवादी केन्द्रका भीम भण्डारी र कांग्रेसका मानबहादुर रावल मध्ये कसैले पनि बहुमत ल्याउन नसकेपछि हिजोका लागि बैठक आह्वान गरिएको थियो । तर, हिजो बैठक नै बस्न सकेन ।

अझै पनि बैठक कहिले बस्ने र निर्वाचन कहिले गर्ने भन्ने बारे अन्योल छ । संविधानमा पहिलो बैठक बसेको १५ दिन भित्र सभामुख र उपसभामुखको निर्वाचन गरिसक्नु पर्ने व्यवस्था छ।  यहाँ पहिलो बैठक पुस १८ गते बसेको हो । त्यो अनुसार माघ २ गते सम्म सभाले सभामुख र उपसभामुख पाइसक्नु पर्छ । फेरी सभामुख र उपसभामुखको निर्वाचन सँगै गर्न सकिने अवस्था पनि छैन ।

संविधानमा उपसभामुखको निर्वाचन तालिका सभामुखले निकाल्नु पर्ने उल्लेख छ । यसको अर्थ पहिले सभामुख चयन भइसकेर त्यसपछि उपसभामुखको निर्वाचन हुने छ । यता सभाध्यक्ष शिवराज भट्ट भने दुबै पदको एकै दिन निर्वाचन गर्ने तयारीमा छन् ।

माघ २ गते बिहान सभामुखको निर्वाचन सम्पन्न गरेर त्यस लगत्तै उपसभामुखको निर्वाचन गर्ने तयारीमा उनी पुगेका छन् । थारु समुदायको माघी पर्व लागिसकेको हुँदा माघ २ गते सभामुखको निर्वाचन गर्ने तयारीमा पुगेको उनले बताए ।

‘हाम्रो माघी  छ हामी आउँदैनौ भन्छन्, कसैले हाम्रो उपस्थिति हुँदैन भन्न थालेका छन् माघी सकेपछि २ गतेको दिन निर्वाचन गर्ने’ उनले भने ।

सभाध्यक्ष भट्टले सभामुखको निर्वाचन २ गते गर्ने बताए पनि त्यो विषयमा भने सहमति भइसकेको छैन । ११ बजे बजे सर्वदलीय बैठक बस्ने र कहिले निर्वाचन गर्ने भन्ने बारे सहमति हुने एमाले सांसद धर्मराज पाठकले बताए ।

‘सर्वदलीय छलफल पछि जे सहमति हुन्छ त्यहि हुन्छ’ उनले भने ।

 


३० पुस २०७९, शनिवार ०८:२४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु