punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बैतडीमा नवजात शिशुको बढ्यो मृत्युदर : तीन वर्षमा १३२ शिशुको मृत्यु

Chaupati
safha napa

बैतडीमा नवजात शिशु मृत्युदरको अवस्था कहालीलाग्दो छ। पछिल्ला तीन आर्थिक वर्षमा १३२ नवजात शिशुको मृत्यु भएको स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ।

आर्थिक वर्ष २०७६र७७ मा ३३, २०७७र७८ मा ४८ र २०७८र७९ मा ५१ नवजात शिशुको मृत्यु भएको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी तथा तथ्यांक अधिकृत विपिन लेखकले जानकारी दिए। अन्य स्थानीय तहको तुलनामा गत आर्थिक वर्षमा जिल्लाको पुर्चौडी नगरपालिकामा सबैभन्दा बढी १३ र मेलौली नगरपालिकामा ११ नवजात शिशुको मृत्यु भएको छ।

स्वास्थ्यका अन्य सूचकहरू सकारात्मक रूपमा अघि बढिरहेको अवस्थामा  (२८ दिनभित्रका) नवजात शिशुको मृत्युदर बढ्दो अवस्थामा रहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए। जन्मँदा कम तौलको बच्चा जन्मिने, निस्सासिनु, कुनै रोगको संक्रमण हुनु र कठ्यांग्रिएरलगायतका कारणले नवजात शिशुको मृत्यु हुने आशंका गरिएको उनले बताए।

स्थानीय स्तरमा स्वास्थ्य संरचनाको अभाव, भएका स्वास्थ्य संरचनामा पनि जनशक्तिको अभाव, औजार उपकरणको अभाव, समयमा नै जटिलता पत्ता लाग्न नसक्ने र पत्ता लागे पनि निदान हुन नसक्नुलगायतका कारणले शिशु मृत्युदर बढेको आंकलन गरिएको उनले बताए। पोषण, स्वास्थ्य सेवाको पहुँचको कमी, स्वास्थ्य संस्थाहरूमा स्रोतसाधनको अभाव गरिबीलगायतका कारणले शिशु मृत्युदर बढेको हो।


३० पुस २०७९, शनिवार ०८:०४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु