punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा कांग्रेस संसदीय दलको नेता : आकांक्षीलाई समर्थक र प्रस्तावक राखेर सर्वसम्मत भए शाह

Chaupati
safha napa

कैलाली । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा कमलबहादुर शाह सर्वसम्मत चयन भएका छन् । कैलाली निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा १ बाट निर्वाचित भएका शाह दलको नेतामा सर्वसम्मत चयन भएका छन् ।

शाहको प्रस्तावकमा बहादुर सिंह थापा र समर्थकमा प्रकाश देउवा थिए । थापा र देउवा दुबै संसदीय दलको नेतामा आकांक्षी थिए । दुबै आकांक्षीलाई समर्थक र प्रस्तावक राख्दै शाह सर्वसम्मत दलको नेता चयन भएका हुन् ।

कांग्रेस संसदीय दलको नेतामा यी तिन बाहेक, दिवानसिंह विष्ट, मेघराज खड्का प्रकाश बम, मानबहादुर रावल र शिवराज भट्ट आकांक्षी थिए । उनीहरुले पनि शाहलाई समर्थन गरेका हुन् ।


२० पुस २०७९, बुधवार १४:४२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु