punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कृष्णपुरमा एक वडा एक खेलको अवधारणा विकास गर्दैछौं -नगरप्रमुख ओझा

Chaupati
safha napa

कृष्णपुर नगरपालिकाको समग्र खेलकुद क्षेत्रलाई विकास गर्न एक वडा एक खेलको अवधारणा अनुसार अगाडि बढ्ने नगरप्रमुख हेमराज ओझाले बताएका छन् । आइतबार कृष्णपुर नगरपालिका वडा न ५ को आयोजनामा सयपत्री सामुदायिक वनको खेलमैदानमा संचालन भएको प्रथम वडाध्यक्ष कप फुटबल प्रतियोगिताको प्रमुख अतिथिको रूपमा उद्घाटन गर्दै नगरप्रमुख ओझाले एक खेल एक वडाको अवधारणा बारे बताएका हुन ।

नगरप्रमुख ओझाले कृष्णपुर खेलकुदको उर्वर भुमि र ओलम्पियन दिपक बिस्ट जन्माउने भुमि भएकोले यस नगरका खेलाडीहरुको क्षमता अभिवृद्धिका लागि आवश्यक पहल गर्न र आगामी दिनमा नगरपालिकाको खेलकुद क्षेत्रको बृहत्तर विकासका लागि डिपिआर बनाएर अघि बढ्ने बताएका हुन । नगरप्रमुख ओझाले खेलसँगसँगै युवाहरुले अहिलेको अत्यन्तै जटिल समस्या लागू औषध निराकरणमा पनि भुमिका खेली सभ्य सुसंस्कृत समाज निर्माणमा सहयोग पुर्‍याउनुपर्ने बताएका छ्न ।

No description available.

साथै विभिन्न स्तरका खेल प्रतियोगिता सञ्चालन गरेर कृष्णपुरमा उत्कृष्ट खेलाडी उत्पादन गर्न नगरबाट पहल गरिने नगर प्रमुख ओझाले बताए । पुर्वाधार नभएर पनि खेलाडीले आफ्नो खेल कौशल देखाउन नपाइरहेको अवस्थामा कृष्णपुरका सबै खेलाडीहरुलाई पायक पर्ने स्थानको छनोट गरि मिनि रंगशालाको निर्माण बारे पनि आफुले अध्ययन गरिरहेको बताए।

No description available.

कृष्णपुर नगरपालिका वडा न ५ का वडाध्यक्ष टेक पाण्डेको अध्यक्षमा सम्पन्न उद्घाटन सत्रमा प्रमुख अतिथि नगरप्रमुख हेमराज ओझा,विशिष्ट अतिथिमा नगर उपप्रमुख,कार्यकारी प्रमुख अतिथिहरुमा सम्पुर्ण वडाका वडाध्यक्षहरु,जिल्ला खेलकुद विकास समिति कंचनपुरका अध्यक्ष कुबेर खड्का,खेल क्षेत्रका विभिन्न व्यक्तिहरु लगायत स्थानीयहरुको बाक्लो उपस्थिति रहेको थियो ।

No description available.


१७ पुस २०७९, आइतवार २०:३२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु