राप्रपा संसदीय दलको नेतामा लिङदेन चयन
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा ) को संसदीय दलको नेतामा पार्टी अध्यक्ष राजेन्द्र लिङदेन चयन भएका छन् । मंगलबार बसेको राप्रपा संसदीय दलको वैठकले उनलाई सर्वसम्म दलको नेता चयन गरेको हो ।
राप्रपाले यस निर्वाचनमा प्रत्यक्षमा ७ र समानुपातिकमा ७ गरी १४ सीट संघमा जितेको छ । लिङदेनले अब पार्टीसँगै संसदीय दलको पनि कमाण्ड सम्हाल्नेछन् ।
५ पुस २०७९, मंगलवार १६:२९ बजे प्रकाशित































