punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

तोलाको ४ सयले घट्यो सुनको भाउ

Chaupati
safha napa

मंसिर महिना सकिएसँगै नेपाली बजारमा सुनको मूल्य घट्नथालेको छ।

मंसिर महिना बिहेको सिजन भएर माग बढी हुँदा नेपाली बजारमा सुनको मूल्य बढेर १ लाख नाघेको थियो। पुस लागेसँगै सुन घटेन थालेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४०० रुपैयाँले घटेको छ।

आज छापावाल सुन तोलामा चार सयले घटेर ९९ हजार ९०० रुपैयाँमा कारोबार भएको छ। बिहीबार तोलाको एक लाख ३०० रुपैयाँमा कारोबार भएको थियो।

तेजाकी सुन तोलाको ९९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ। चाँदी तोलाको एक हजार ३७० रुपैयाँमा कारोबार भइरहेको छ।


१ पुस २०७९, शुक्रवार १२:०० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु