पुलबाट ट्रक खस्दा एक जनाकाे ज्यान गयाे

नारायणगढ–मुग्लिन सडक खण्डको तीन नम्बर पुलबाट आज बिहान ट्रक खसेको छ ।

मुग्लिनबाट नारायणगढ तर्फ आइरहेको बा २ ख ७४६२ नम्बरको खाली ट्रक भित्तापट्टिबाट पुलमुनि खसेको हो।

दुर्घटनामा ट्रक चालक धादिङ घर भइ मौवा खोला बस्ने सन्तबहादुर राईको घटनास्थलमा ज्यान गएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक सुनदीप तामाङले जानकारी दिनुभयो । उहाँले मृतकको आफन्त आइसकेपछि शवको परीक्षण गर्न भरतपुर अस्पताल पठाइने बताउनु भयो ।


२० मंसिर २०७९, मंगलवार १०:५४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु