सुदूरपश्चिमको भावी मुख्यमन्त्रीमा विष्टको पनि दाबी

कञ्चनपुरको क्षेत्र नम्बर १ को २ बाट प्रदेश सभामा निर्वाचित भएका दिवान सिंह विष्टले सुदूरपश्चिमको मुख्यमन्त्रीमा आफ्नो दाबी रहेको बताएका छन् ।  आइतबार पत्रकार सम्मेलन गर्दै नेपाली काँग्रेसका नेता तथा पूर्व संविधान सभा सदस्य  विष्टले मुख्यमन्त्रीमा आफ्नो दाबी स्वाभाविक भएको बताएका हुन् ।

प्रदेशमा चुनाव लड्ने मनसाय नबनाएका विष्टले प्रचण्ड र प्रधानमन्त्रीकै आश्वासनमा चुनाव लडेको दाबी गरे ।

आफू मुख्यमन्त्री भएपछि अहिलेको सरकारको भन्दा पनि राम्रो काम गर्ने बताए । ‘यदि म मुख्यमन्त्री भइहाल्यो भने मैले जनतामुखी नै पहिलो निर्णय  गर्नेछु । म काम गर्ने मान्छे हुँ । म काम गरेर इतिहास बनाउने मान्छे हुँ । सुदूरपश्चिममा अहिलेको सरकारले जति काम गर्‍यो ।  म यो पाँच वर्षमा गरेको यो सरकारको भन्दा पनि राम्रो काम गरेर देखाउने छुँ,’ उनले भने ‘मैले मुख्यमन्त्रीको शपथ खाएकै दिन मैले जनतामुखी नै निर्णय गर्नेछु । जसले यहाँका जनताले हाम्रै लागि, प्रदेशका लागि,जनताका लागि राम्रो निर्णय गर्‍यो भन्ने बनाउँछु ।’

यस्तै उनले जताको अपेक्षा अनुरूप काम गर्ने प्रतिबद्धता दोहो¥याएका छन् ।


१९ मंसिर २०७९, सोमवार ०७:०६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु