punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कुनै पनि उम्मेदवारलाई प्रचारप्रसारमा रोक लगाइएको छैन : प्रशासन कार्यालय डडेल्धुरा

Chaupati
safha napa

जिल्ला प्रशासन कार्यालय डडेल्धुराले स्वतन्त्र उम्मेदवार सागर ढकालको निर्वाचन प्रचारप्रसारमा कुनै अवरोध नभएको स्पष्ट गरेको छ ।

आगामी मंसिर ४ गते सम्पन्न हुन गईरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको सन्दर्भमा निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचार संहिताको पूर्ण पालना हुने गरी गरिने राजनीतिक दल र उम्मेदवारहरुको प्रचारप्रसार कार्यमा स्थानीय प्रहरी प्रशासनद्वारा कुनै पनि प्रकारको अवरोध नगरिएको प्रशासनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

निर्वाचन आचार संहितामा व्यवस्था भए बमोजिम प्रचारप्रसारको क्रममा स्थानीय प्रशासनलाई जानकारी गराई संचालन गरिने प्रचार प्रसारका कार्यक्रमहरुमा संलग्न सम्पूर्ण राजनीतिक दल र उम्मेदवारहरुको आवश्यक सुरक्षाको प्रत्याभूति समेत गरिने प्रशासकीय अधिकृत हेम प्रसाद ढकालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसअघि ढकालले आफ्नो प्रचारप्रसारमा अवरोध भएको सामाजिक सञ्जालमार्फत पोष्ट गरेका थिए ।

No description available.


२१ कात्तिक २०७९, सोमवार २२:३३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु