निहारिकाका छोरा र आरोपी श्रेष्ठको डीएनए मिल्यो
बलात्कार भएको दाबी गर्दै न्यायका लागि संघर्ष गरिरहेकी निहारिका राजपूतका छोरा र आरोपी शिवराज श्रेष्ठको डीएनए मिलेको छ । उच्च अदालत जनकपुरले डीएनए टेस्ट गराउन आदेश दिएपछि निहारिकाका छारा र श्रेष्ठको डीएनए पीक्षण गरिएको थियो । डीएनए परीक्षणको रिपोर्ट उच्च अदालतमा पेस भएको उच्च अदालत जनकपुरका रजिस्ट्रार खड्कराज अधिकारीले जानकारी दिए ।
आफ्नो बच्चा र आरोपीको डीएनए परीक्षण गराउनुपर्ने माग गर्दै निहारिका आमरण अनशनसमेत बसेकी थिइन् । अनशन तोडाउन तत्कालीन् कानुनमन्त्री गोविन्द बन्दीले डीएनए परीक्षणका लागि आफू पहल गर्ने बताएका थिए ।
१८ कात्तिक २०७९, शुक्रवार १८:१२ बजे प्रकाशित





























