स्कुलको बसबाट टाउको बाहिर निकाल्दा रुखमा ठोक्किए घाइते भएका बालकको मृत्यु
काठमाडौंको लाजिम्पाटमा बुधबार दिउँसो भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएका बालकको राति मृत्यु भएको छ ।
बुधबार दिउँसो साढे ३ बजे बा १ क ४६४२ नम्बरको स्कुल बसमा सवार नयाँ बसपार्क बस्ने १३ वर्षीय आयुष्मान दाहालले बसको झ्यालबाट टाउको बाहिर निकाल्दा रुखमा ठोक्किएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका दाहालको त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बस सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
१७ कात्तिक २०७९, बिहीवार १२:१० बजे प्रकाशित































