punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सागर ढकालले गरे डडेल्धुराबाट उम्मेदवारी दर्ता

Chaupati
safha napa

गुल्मी घर भएका सागर ढकालले डडेल्धुराबाट प्रतिनिधि सभामा उम्मेदवारी दर्ता गराएका छन्। आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर उनले उम्मेदवारी दर्ता गराएका हुन्।

उम्मेदवारी दर्ता गरेसँगै ढकाल प्रधानमन्त्री तथा नेपाली काँगेसका सभापति शेरबहादुर देउवाका प्रतिस्पर्धी बनेका छन्। इन्जिनियरिङ पढ्दै गरेका ढकालले झण्डै पाँच वर्षअघि प्रधानमन्त्री शेरबहादुर देउवासँग टेलिभिजन कार्यक्रममा प्रश्न सोधेर चर्चामा आएका थिए ।  ढकालले आगामी निर्वाचनमा आफूले देउवासँगै चुनाव भिड्ने समेत बताएका थिए ।


२३ असोज २०७९, आइतवार १४:२५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु