punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डिल्लीबजार कारागारमा रहेका रेशम चौधरीसँग माधव नेपालको भेट

Chaupati
safha napa

नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले व्यक्ति हत्याको अभियोगमा कैद भुक्तान गरिरहेका नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीसँग भेट गरेका छन् । डिल्लीबजार कारागारमा रहेका चौधरीले नेपालसँग आफूमाथि राजनीतिक व्यवहार नभएको र जेल मुद्दा नरिएको भन्दै गुनासो गरेका थिए ।

‘चौधरीले आफूमाथि राजनीतिक व्यवहार नगरिएको बताउनुभयो । उहाँले त्यसैअनुसार आफ्नो बस्नेसहितको व्यवस्थापन नभएको भन्नेमा गुनासो रहेको थियो,’ नेपालले भने, ‘सरकारले छाड्ने सहमति गरेको तर त्यसको कार्यान्वयन नगरेकोमा गुनासो रहेको थियो ।’

चौधरी उच्च अदालत दिपालयको फैसलापछि आजीवन कारावासमा रहेका छन् । २०७२ भदौमा कैलालीको टिकापुरमा भएको हिंसाको मुख्य योजनाकार रहेको ठहर गर्दै चौधरीलाई आजीवन कारावासको सजाय भएको छ । २०७४ सालको आमनिर्वाचनमा चौधरी कैलाली १ बाट निर्वाचित भएका थिए ।


१५ असोज २०७९, शनिवार ०९:०२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु