punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

Chaupati
safha napa

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको लम्कीचुहा नगरपालिका–७ को हरैया पुलस्थित भित्री सडकखण्डमा प्रदेश २–०२००३ प ७६७९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सोही ठाउँका ३२ वर्षीय विवेक महतको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार चालक ३६ वर्षीय सुनिल कुश्मी भने सामान्य घाइते छन् । मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीको भनाइ छ ।


१४ असोज २०७९, शुक्रवार ०८:१६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु