punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बाँदरको आक्रमणबाट आमाछोरा घाइते

Chaupati
safha napa

बाँदरको आक्रमणबाट आमाछोरा घाइते भएका छन् । जिल्लाको पुर्चौडी नगरपालिका- ८ लामुनी टोलकी २८ वर्षीया झपु जोशी र उनका ११ वर्षीय छोरा लक्ष्मणलाई आइतबार बिहान बाँदरले आक्रमण गरी घाइते बनाएको हो ।

मकैको रेखदेख गर्न आफ्नै बारीमा रहेका आमा छोरालाई बाँदरले आक्रमण गरी घाइते बनाएको स्थानीय हरिश साउदले जानकारी दिए । घाइते दुवैको पुर्चौडीको हाट स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

आमाको पाखुरा, घाँटी, अनुहार र ढाडमा चोट लागेको छ भने, छोरा लक्ष्मणको पनि खुट्टा र पेटमा चोट लागेको उपचारमा संलग्न हाट स्वास्थ्य चौकीका अहेव दिपेन्द्र धामीले बताए ।


१९ भदौ २०७९, आइतवार १४:५३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु