punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पर्यटनमन्त्रीलाई लाइनमा बस्नुस् भन्दा समातिए सुरक्षागार्ड

Chaupati
safha napa

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई लाइन बस भन्‍ने एकजना सुरक्षागार्ड पक्राउ परेका छन् । शुक्रबार ठमेलस्थित छायाँ सेन्टरमा बायो मेट्रिक दिन पुगेका मन्त्री श्रेष्ठलाई सुरक्षागार्डले लाइनमा बस्न आग्रह गरेका थिए । तर मन्त्रीलाई अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले उनलाई पक्रेको छ ।

मन्त्रीलाई अभद्र व्यवहार गरेको आरोपमा सुरक्षागार्डलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख भरतबहादुर बोहोराले  बताए । पक्राउ पर्नेमा ‘ग्रुप फोर सेक्युरिटी’ अन्तर्गत छायाँ सेन्टरमा कार्यरत शेरजंग कुँवर छन् । उनलाई अभद्र व्यवहारसम्बन्धी कसूरमा म्याद थप गरेर विस्तृत अनुसन्धान गर्न प्रहरी वृत्त, दरबारमार्गलाई भनिएको बोहोराले बताए ।

स्रोतका अनुसार पर्यटनमन्त्री श्रेष्ठ छायाँ सेन्टर पुगेका बेला अन्य व्यक्तिहरु लाइन बसिरहेका थिए । निजी सुरक्षा अधिकृत (पीएसओ)सहित गएका पर्यटनमन्त्री श्रेष्ठ त्यहाँबाट अगाडि जान खोज्दा कुँवरले रोकेका थिए । लगत्तै पीएसओले उनी मन्त्री भएको बताए । तर सुरक्षागार्ड श्रेष्ठले ‘जो भए पनि लाइन’मा आउनुस् भनेका थिए । त्यसपछि विवाद भएको थियो । यही विषयलाई लिएर मन्त्रालयले प्रहरीमा जाहेरी पनि दिएको छ ।

 


१९ भदौ २०७९, आइतवार १४:४६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु