punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

घर बनाउन लिएको ऋण तिर्न नसकेपछि आत्महत्या

Chaupati
safha napa

कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर– १ लठैयास्थित युनिक नेपाल लघुवित्तबाट ऋण लिएकी एक महिला मृत फेला परेकी छन् । लघुवित्तबाट ऋण लिएकी चौमालाकी ३७ वर्षीया रेश्मा चौधरीले आत्महत्या गरेको प्रहरीले जनाएको छ । उनले ऋण लिएर तिर्न नसकेपछि आत्महत्या गरेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार चौधरीले ऋण तिर्न नसकेपछि उनको घरमा ताला लगाइएको थियो ।

मृतक चौधरीले आफ्नी छोरीको नामबाट पनि ऋण लिएको बताइएको छ । ऋण लिएकै विषयमा आमा छोरीको झगडा भएपछि रेश्माले बिहीबार विष सेवन गरी आत्महत्या गरेको आशंका गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए । ‘ऋण तिर्न नसकेपछि घरमा ताला लागेको थियो, त्यही विषयमा आमाछाेरीकाे झगडा पनि भएछ’, डीएसपी जोशीले भने, ऋणकै विषयमा झगडा भएपछि आत्महत्या गरेकाे हाे कि भन्ने देखिन्छ ।’

छोरीले ‘मेरा घरबाट पनि बिगार्ने भयौ’ भनेर आमासँग झगडा गरेको अनुसन्धानका क्रममा खुलेको उनले बताए । त्यसै दिन उनको घरमा ताला लागेपछि छोरी र आमाबीच भनाभन भएको थियो ।

घर बनाउन भनेर उनले संस्थाबाट ३ लाख २० हजार ऋण लिएकी थिइन् । जसको ६ किस्ता पनि रेश्माले तिरी सकेकी थिइन् । यस्तै छोरीको नामबाट पनि उनले २ लाख ५० हजार ऋण लिएकी थिइन् । उक्त घटनाको सत्य तथ्य छानबिन गरि दोषी उपर कारबाहीको माग गर्दै पीडित परिवारले नेपाल लघुवित्त वित्तीय संस्थामा तालाबन्दी गरेका छन् ।


४ भदौ २०७९, शनिवार ११:२६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु