दार्चुलामा जीप दुर्घटनाः मृतक र घाइते सबैको परिचय खुल्यो
दार्चुलाा जीप दुर्घटना परेर मृत्यु हुने र घाइते सबैको पहिचान खुलेको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा बझाङको बुंगल नगरपालिका ८ का हिक्मत जाग्री, पुने बोहरा, उजाले बोहरा, चम्फा बोहरा र रैभान बोहरा रहेका छन् ।
यस्तै प्रहरीका अनुसार घाइते हुनेमा मालिकार्जुन ३ की ५० वर्षीया गोमती देवी धामी, सोही ठाउँकी ३० वर्षीया गोमती धामी, २१ वर्षीय सुमनसिंह धामी, ४२ वर्षीया रुपा धामी, मालिकार्जुन ६ की ४० वर्षीया रेवती धामी र महाकाली नगरपालिका ३ का ३५ वर्षीय रमेश लुहार रहेका छन् ।
उनीहरुको अहिले गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । गोकुलेश्वरबाट जिल्ला सदरमुकाम खलंगातर्फ गइरहेको से १ज ५५१ नम्बरको जीप आज दिउँसो शैल्यशिखर नगरपालिका–६ उल्लानीमा दुर्घटना भएको हो । जीप सडकबाट करिब २५० मिटर तल खसेको थियो ।
१ भदौ २०७९, बुधवार १९:२८ बजे प्रकाशित































