punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

३ वर्षीय छोराको हत्या आरोपमा बैतडीका एकजना पक्राउ

Chaupati
safha napa

बैतडीका एक पुरुषले आफ्नै ३ बर्षिय छोराको हत्या गरेका छन् । बैतडी घर भई हाल बर्दियाको बाँसगढी नगरपालिका–५ मा डेरा गरी बसेका डम्बरबहादुर बोहरा पक्राउ परेका हुन्।
उनी घरबाट साउन १६ गते ३ वर्षीय छोरालाई लिएर फरार भएका जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

नाबालकको खोजीका लागि आफन्तले निवेदन दिएपछि बोहरा सोमबार बाँकेको कोहलपुरबाट पक्राउ परेका हुन् ।

बोहरालाई सोधपुछपछि उनले देखाएको ठाउँमा नाबालकको शव फेला परेको प्रहरीले बताएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


२४ साउन २०७९, मंगलवार १०:५५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु