तिज गीत ‘कर्ली कर्ली कपालै’मा सार्वजनिक (भिडियोसहित)

तिजको थुप्रै गीत बजारमा सार्वजनिक भइसकेको समयमा गीत ‘कर्ली कर्ली’ कपालैमा सार्वजनिक भएको छ । गीतमा गायक रमेश बोहरा र गायिका रिता रावतको सुमधुर स्वर रहेको छ भने गीतको शब्द तथा सङ्गीत पनि स्वरम गायककै रहेको छ ।

गीतमा मोडल अर्जुन तिरुवा, पूजा विश्वकर्मा, भूपेन्द्र डाँगी, र रोज खत्रीको दमदार अभिनय रहेको छ ।

केबी भण्डारीको म्युजिक एरेन्ज रहेको गीतको भिडियोमा अनिल जेम्स ‘एजे’ ले क्रोरीयोग्राफी गरेका छन् । प्रकाश परियारको निर्देशन रहेको यस भिडियोको छायाङ्कन तथा सम्पादन ओम प्रसाईँले गरेका हुन् ।


१८ साउन २०७९, बुधवार १९:१६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु