punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

जोरायल गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबिच ‘कार्य सम्पादन सम्झौता’ सम्पन्न

Chaupati
safha napa

डोटीको जोरायल गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझा र प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र सिंह ठगुन्नाबिच ‘कार्य सम्पादन सम्झौता’ सम्पन्न भएको छ । सोमबार सुशासन ( व्यवस्थापन तथा सञ्चालन ) ऐन, २०६४ को दफा १९ बमोजिम जोरायल गाउँपालिकाको आर्थिक वर्ष २०७९/८० को कार्यसम्पादनलाई प्रभावकारी बनाई परिणाममुखी कार्य सँस्कृतिलाई प्रवर्द्धन गर्न उक्त सम्झौता गरिएको हो ।

पालिकामा प्रमुख प्रशासकीय अधिकृतले सम्पादन गर्ने विभिन्न कामहरूको प्रभावकारितामा अभिबृद्धी गरि हरेक क्रियाकलापलाई वस्तुपरक, समयवद्ध, परिणाममुखी, मितव्ययी, पारदर्शी बनाई सेवाको गुणस्तरीयता बढाउने उद्देश्यकासाथ आम नागरिकको गाउँपालिकाप्रति विश्वसनीयता अभिवृद्धि गर्न उक्त सम्झौता गरिएको प्रमुख प्रशासकीय अधिकृत ठगुन्नाले बताए ।

जसमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतले गर्ने प्रमुख क्रियाकलाप र उपलब्धि सूचकबारे २५ बुँदे शर्तहरु समेटिएको छ । सम्झौतामा श्रोत साधन तथा जनशक्तिको व्यवस्था, अनुगमन तथा मूल्यांकन र प्रोत्साहन तथा सजाय समेतका बुँदाहरु समेटिएको छ ।


९ साउन २०७९, सोमवार १७:३२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु