punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

श्रोत नखुलेको ५ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

Chaupati
safha napa

श्रोत खुल्न नसकेको ५ लाख रुपैयाँसहित प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतको बिहार राज्य अन्तर्गत सितामढी जिल्लाको कन्हौली निवासी ३० वर्षीय विजय ठाकुर रहेको प्रहरीले जनाएको छ।

बीआर ३० एक्स ५५४४ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका ठाकुरलाई मलंगवा नगरपालिका ८ बाट पक्राउ गरेको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी माधव प्रसाद बुढाथोकीले बताए।

ठाकुरले लगाएको हेलमेटको भित्र लुकाई छिपाई राखेको अवस्थामा स्रोत नखुलेको नेपाली ५ लाख ११ हजार ५ सय र भारु ५ हजार बरामद भएको उनले बताए।

श्रोत खुल्न नसकेको रकमसहित पक्राउ परेका ठाकुरको बिषयमा अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


३० असार २०७९, बिहीवार २१:४० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु