punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा बजेटको विरोध नगर्न सांसदहरुलाई माओवादी केन्द्रको निर्देशन

Chaupati
safha napa

नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले सरकारले ल्याएको बजेटको पक्षमा उभिन सांसदहरुलाई निर्देशन दिएको छ । शनिबार मुख्यमन्त्री समेत रहेका संसदीय दलका नेता त्रिलोचन भट्टको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको संसदीय दलको बैठकले बजेटको पक्षमा उभिने निर्णय गर्दै ह्वीप जारी गरेको छ ।

‘सरकारले अगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा देखिएका स–साना त्रुटीलाई दिएर बाहिर अनावश्यक हल्लाहरु फिजाइएका छन्,’ उद्योग पर्यटन वन तथा वातावरण मन्त्री मानबहादुर धामीले भने, ‘आज बसेको हाम्रो दलको बैठकले बजेट पास गर्ने निर्णय गर्दै सबै माननीयज्यूहरुलाई निर्देशन दिएको छ ।’ बजेटमा भएका सानातिनना त्रुटी कार्यान्वयनका क्रममा सम्बन्धित मन्त्रालयबाटै सच्याउने कुरा भएको मन्त्री धामीले बताए ।

बैठकमा सहभागी भएका प्रदेशसभा सदस्यहरुले बजेटमा त्रुटी भएकाले संशोधन गर्नुपर्ने धारणा राखेका थिए । तर मुख्यमन्त्री भट्टले कार्यान्वयनका क्रममा त्रुटी सच्याउने प्रतिबद्धता व्यक्त गरेपछि उनीहरु बजेट पारित गर्न सहमत भएका मन्त्री धामीले बताए ।

असार १ गते प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाशबहादुर रावलले प्रदेशसभामा प्रस्तुत गरेको अगामी आर्थिक वर्ष २०७९र८० को बजेट संशोधनको माग गर्दै सत्तारुढ दलकै सांसदहरुले प्रदेशसभा चल्न नदिने चेतावनी दिएपछि बैठक बस्न सकेको छैन । अहिलेसम्म बजेट छलफलका लागि बोलाइएको प्रदेशसभा बैठक तीन पटक स्थगित भइसकेको छ ।

माओवादी केन्द्रको संसदीय दलको बैठकमा सरकार फेरबदलबारे भइरहेको चर्चाका विषयमा समेत कुराकानी भएको थियो । तर गठबन्धनमा रहेका दलको शीर्ष नेतृत्वले टुंग्याउने विषय भन्दै धेरै छलफल नभएको मन्त्री धामीले बताए ।

बागमती प्रदेशमा नेपाली कांग्रेसले सरकारको नेतृत्व गरेको अवस्थामा सुदूरपश्चिम प्रदेश आफूलाई छाड्नुपर्ने एकीकृत समाजवादी पार्टीले माग राखेको स्रोतको भनाइ छ । यस्तो अवस्थामा यहाँ माओवादी केन्द्रले एकीकृत समाजवादी पार्टीलाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने हुनसक्ने चर्चा छ ।


१८ असार २०७९, शनिवार १५:४७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु