माओवादी केन्द्रीय समिति बैठक स्थगित
नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक स्थगित भएको छ। आज साँझ ६ बजेको लागि तय भएको बैठक स्थगित भएको हो।
माओवादी केन्द्रका केन्द्रीय कार्यालय मुख्यसचिव श्रीराम ढकालले संसदमा अर्थमन्त्रीले जवाफ दिने कार्यक्रम रहेको र सांसद सबै त्यही जानुपर्ने भएकोले बैठक स्थगित गरिएको बताए।
‘संसदमा बजेटमाथिको जवाफ अर्थमन्त्रीले दिँदै हुनुहुन्छ, हाम्रा सांसदहरुलाई अनिपार्य उपस्थितिको लागि ह्विप लगाइएको छ, त्यसकारण आजको बैठक सम्भव नभएर स्थगित गरिएको हो’, मुख्य सचिव ढकालले भने।
२० जेठ २०७९, शुक्रवार १३:४० बजे प्रकाशित































