बढ्यो सुन र चाँदीको भाउ

नेपाली बजारमा शुक्रबार सुन र चाँदीको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा सुनको भाउ प्रतितोला ९ सय रुपैयाँले बढेको हो।

यससँगै छापावाल सुनको भाउ प्रतितोला ९८ हजार ५ सय रुपैयाँमा पुगेको छ। त्यस्तै तेजावी सुनको भाउ पनि ९८ हजार रुपैयाँमा पुगेको छ।

त्यस्तै चाँदीको भाउ पनि प्रतितोला २५ रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १२९० रुपैयाँमा कारोबार भइरहेको छ।


२० जेठ २०७९, शुक्रवार १३:४१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु