punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

केही ठाउँमा बिहानैदेखि वर्षा, यसपालि समयमा नै मनसुन भित्रने अनुमान

Chaupati
safha napa

मधेस प्रदेश र प्रदेश-१ का केही ठाउँमा पानी परिरहेको छ । बिहान वाग्मती र गण्डकीका केही ठाउँमा पनि पानी परेको थियो । आज देशका पूर्वी क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने मौसमविद् हिरा भट्टराईले जानकारी दिए । उनका अनुसार दिउँसो पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना छ ।

यसैबीच, यसपालि समयमा नै मनसुन भित्रने अनुमान गरिएको छ । भारतको केरलामा मनसुन भित्रिसकेकाले नेपालमा पनि समयमा नै भित्रने अनुमान गरिएको हो । मौसमविद् भट्टराईका अनुसार सामान्यतया केरलामा मनसुन भित्रिएको १० दिनमा नेपालमा भित्रने गर्छ ।

जुन १३ तारिखमा नेपालमा मनसुन भित्रने र अक्टोबर २ तारिखमा बाहिरिने मानिन्छ । जुन महिना सुरु हुन अब दुई दिन मात्र बाँँकी छ । मनसुनी गतिविधि सुरु भइसकेकाले यसपालि बेलैमा मनसुन भित्रने अनुमान गरिएको हो ।


१६ जेठ २०७९, सोमवार ०८:४५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु