मेयरमा जितेपछि हमालको धन्यवाद पदयात्रा (फोटो फिचर )

सुदूरपश्चिमको एक मात्रै उपमहानगर धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी भएका छन् । उनले गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका उम्मेदवार नृपबहादुर वडलाई पराजित गरेका हुन् ।
हमालले नृप बहादुर वडलाई झन्डै दोब्बर मतले हराएका हुन् । गठबन्धन भएपनि जनताले अहिले बिकास चाहेकै आफु निर्वाचीत भएको उनले बताए । हमालले २६ हजार ८६५ मत प्राप्त गर्दा वडले १४ हजार ८१७ मत पाएका हुन् ।
धनगढीमा जम्मा ६३ हजार ६४३ मत खसेको थियो । २०७४ सालको निर्वाचनमा हमाल वडसंग करिव २७ सय मतले हारेका थिए ।
८ जेठ २०७९, आइतवार १८:२५ बजे प्रकाशित