punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

गोदावरीका नवनिर्वाचित नगरप्रमुख भट्टले लिए सपथ

Chaupati
safha napa

कैलालीको गोदावरी नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख बिरेन्द्र भट्टले सपथ लिएका छन् । बिहिवार जिल्ला न्यायाधिस जयानन्द पनेरुले भट्टलाई सपथ खुवाएका हुन् ।

बुधवार सम्पन्न मतपरिणाम अनुसार कांग्रेसका उम्मेदवार भट्टले एमालेका उम्मेद्वार गोकर्ण भट्टलाई ४ हजार २ सय ७७ को फराकिलो अन्तरले पराजित गरेका थिए ।

कांग्रेसका उम्मेदवार भट्टले १५ हजार ५ सय १ मत प्राप्त गरेका थिए भने एमालेका उम्मेदवार भट्टले ११ हजार २ सय २४ मत प्राप्त गरेका थिए ।

निर्वाचित अन्य जनप्रतिको शपथ भने आजै साँझ अत्तरियामा हुने निर्वाचन अधिकृतको कार्यालय गोदावरीले जनाएको छ ।


५ जेठ २०७९, बिहीवार १५:०१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु