punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अवैध लागूऔषध खैरो हेरोइन सहित चार जना पक्राउ

Chaupati
safha napa

धनगढी र भजनीका छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन सहित ४ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा गौरीगंगा नगरपालिका-१ बस्ने २५ वर्षीय जिवन चौधरी, गोदावरी नगरपालिका(२ बस्ने १९ वर्षीय धर्म चन्दर तथा सोही ठाउँ बस्ने १७ वर्षीय किशोर र भजनी नगरपालिका(३ बस्ने २८ वर्षीय सुकमेन्द्र सिंह रहेका छन् ।

जिवनलाई धनगढी उपमहानगरपालिका(४ बाट करिब ५ ग्राम, धर्म तथा किशोरलाई सोही उमहानगरपलिका(२ ट्राफिक चोकबाट करिब २ सय ३० मिलिग्राम खैरो हेरोइन सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

सुकमेन्द्रलाई भजनी नगरपालिका-३ हुलाकी राजमार्गबाट करिब २ ग्राम ८ सय मिलिग्राम खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।


५ जेठ २०७९, बिहीवार १४:०२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु