punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एकदिवसीय शृङखलाको उपाधि नेपाललाईः जिम्बाबे ‘ए’ ६ विकेटले पराजित

Chaupati
safha napa

तेस्रो तथा निर्णायक खेल ६ विकेटले जितेपछि जिम्बावे ‘ए’विरुद्धको एकदिवशीय शृंखला नेपालले २–१ ले आफ्नो पक्षमा पारेको छ । पहिलोपल्ट टेष्ट राष्ट्रको ‘ए’ टिमसँग खेलेको नेपालले पहिलो शृंखलामै ऐतिहासिक विजय पाएको छ ।

सोमबार जिम्बाबे ‘ए’ले दिएको २१४ रनको लक्ष्य नेपालले ३०.१ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । नेपालका लागि ओपनर कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीले अर्धशतकीय योगदान गरे ।

कुशलले आशिफ शेखसँग मिलेर पहिलो विकेटका लागि ७३ रनको साझेदारी गरेका थिए । दीपेन्द्रले विनोद भण्डारीसँग मिलेर पाँचौं विकेटका लागि ८४ रनको अविजित साझेदारी गरेपछि नेपालले सहज विजयको लय लिएको हो ।

घरेलु मैदानमा टेस्ट मान्यता प्राप्त राष्ट्रको ए टिमसँग नेपालले पहिलो पटक एकदिवसीय सिरिज खेलेको थियो । र, पहिलो सिरिजमै नेपालले जित हात पारेको हो । यसअघि तीन खेलको टी–२० सिरिज एक/एकको बराबरी भएको थियो ।


२६ वैशाख २०७९, सोमवार २१:०१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु