सशस्त्र प्रहरी महानिरीक्षकमा अर्याल नियुक्त
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरीको महानिरीक्षक पदमा अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई बढुवा गरेको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीको ३० वर्षे सेवा अवधि आजबाट पूरा हुँदै छ । उनी सोमबार भोलिबाट अवकाशमा जाने छन् ।
गत वैशाख ४ गते अर्याल एआईजी बढुवामा सिफारिस भएका थिए । अर्यालले वैशाख १४ गते एआईजीको दर्ज्यानी चिह्न पाइसकेका थिए । २०५४ चैतमा सेवा प्रवेश गरेका अर्याल अहिलेकै कानुनी प्रावधान रहे २०८३ सम्म नेतृत्वमा रहने छन् । प्रहरी महानिरीक्षकको कार्यकाल ४ वर्षको रहने व्यवस्था छ ।
१८ वैशाख २०७९, आइतवार १४:४३ बजे प्रकाशित































