मनाङमा हेलिकप्टरबाट मतपत्र पठाइयो
स्थानीय तहको निर्वाचनका लागि मनाङमा मतपत्र पठाइएको छ । हिमाली जिल्ला मनाङमा हेलिकोप्टरबाट नेपाली सेनाले मतपत्र ढुवानी गरेको हो ।
जिल्लामा नेपाली सेनाले नौ हजार थान मतपत्र ल्याएको बताइएको छ । ती मतपत्र जिल्ला सदरमुकाम चामेमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सुरक्षित रूपमा राखिएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ ।
सुरक्षा संवेदनशीलताका आधारमा आयोगले हेलिकोप्टरको प्रयोग गरी मतपत्र जिल्लामा पठाएको जनाएको छ । निर्वाचन आयोगले हिमाली र बिकट जिल्लाहरूमा मतपत्र ढुवानीका लागि हेलिकोप्टर प्रयोग गरेको छ ।
१५ वैशाख २०७९, बिहीवार २०:०६ बजे प्रकाशित































