उम्मेदवार छनोट गर्न काँग्रेस संसदीय समिति बैठक बालुवाटारमा
स्थानीय तह निर्वाचनमा महानगरपालिका मयेर–उपमेयरको उम्मेदवार चयनका लागि काँग्रेस संसदीय समिति बैठक चलिरहेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पौने १० बजेबाट काँग्रेस संसदीय समिति बैठक भइरहेको हो । आइतबार संसदीय समिति गठन गरेको काँग्रेसले आज उम्मेदवारी टुंगो लगाउन लागेको छ ।
उम्मेदवारी दर्ताको दोस्रो दिनसम्म पनि काँग्रेसले उम्मेदवारी टुंगो लगाउन सकेको छैन । शुक्रबारदेखि महानगरपालिकाको मेयर उपमेयर छान्न शीर्ष नेताबीच छलफल भएपनि सहमति जुट्न नसकेपछि उम्मेदवार छनोटमा ढिलाइ भएको देखिन्छ ।
काठमाडौं महानगरपालिकाको मेयरमा सिर्जना सिंहको नाममा सहमति जुटेपनि विराटनगर र ललितपुरको उम्मेदवारबारे कुरा मिल्न सकेको छैन ।
१२ वैशाख २०७९, सोमवार ११:२४ बजे प्रकाशित






























