शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थी आन्दोलित
नवलपुरको गैंडाकोटस्थित जनक माध्यमिक विद्यालयकी एक छात्रालाई शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरु आन्दोलित भएका छन । कक्षा १२ मा अध्ययनरत एक छात्रामाथी शिक्षक कपिल घिमिरिले दुर्व्यवहार गरेको विधार्थीले आरोप लगाएका छन ।
ती शिक्षकले अश्लिल भिडियोहरु देखाएर यौन दुव्र्यवहार गरेको भन्दै विद्यार्थीहरू प्रदर्शनमा उत्रिएका हुन् ।
प्रदर्शन गर्दै विद्यार्थीहरुले विद्यालय नजिक रहेका दुई वटा मोटरसाइकलमा आगजनी गरेका छन् भने झयालढोका समेत तोडफोड गरेका छन । गैंडाकोट प्रहरीको टोलीले आक्रोशित विद्यार्थीहरुलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।
प्रहरीले ३ राउण्ड अश्रुग्याँस प्रहार गरेर अनियन्त्रित भीडलाई नियन्त्रण लिने प्रयास गरेपनि विधार्थीहरुले न्यायको माग गर्दै आन्दोलन जारी राखेका छन् ।
४ वैशाख २०७९, आइतवार १५:५५ बजे प्रकाशित































