punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

‘पिरतीकी धनी’ बोलको गीत सार्वजनिक (भिडिओसहित)

Chaupati
safha napa

माया प्रेममा आधारित ‘पिरतीकी धनी’ बोलको गीत सार्वजनिक भएको छ। सुनिल आउजी र गौरी भट्टको स्वरमा रहेको गीतको भिडिओमा निकेन्द्र बुढा, सरुरानी रोकाया र जगत बुढाको अभिनय रहेको छ ।

प्रेम बोहराको शब्द तथा गायक आउजीकै लयमा रहेको गीतको म्युजिक भिडिओलाई अमित विकले निर्देशन गरेका छन् ।गीतको भिडिओ अछामको ऋषिदह क्षेत्रमा छायाङ्कन गरिएको हो ।

जसमा त्यहाँको भेषभुषामा स्थानीयको देउडा खेलको दृश्य समेटिएको छ भने मोडल निकेन्द्र बुढालगायतको उत्कृष्ट अभिनय देख्न सकिन्छ ।

माया प्रेममा आधारित गीतमा मिलन बिछोडको प्रसङ्ग छ । जसमा मोडल निकेन्द्रले राम्रो अभिनय गरेका छन् । भिडियो छायाङ्कन गरिएको स्थान ऋषिदह निकेन्द्रको जन्मस्थान पनि हो ।


४ वैशाख २०७९, आइतवार ०८:३७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु