छात्रालाई यौन दुर्व्यहार गरेको आरोपमा शिक्षक पक्राउ
छात्रालाई यौन दुर्व्यहार गरेको आरोपमा प्रिन्सिपल पक्राउ परेका छन्। खोटाङको महुरेगढी बहुप्राविधिक शिक्षालयका प्रिन्सिपल इन्द्रप्रसाद आचार्य पक्राउ परेका छन्। शिक्षालयमै अध्ययनरत केही छात्रामाथि यौनजन्य दुर्व्यहार गरेको आरोप लागेपछि प्रिन्सिपल आचार्यलाई प्रहरीले मंगलबार साँझ नियन्त्रणमा लिएको हो।
आरोपित आचार्यलाई एमाले निकट अनेरास्ववियु र नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीका विद्यार्थीले मंगलबार साँझ मोसो दलेर जुत्ताको माला लगाइदिएका छन्। घटना लगत्तै प्रहरीचौकी नुनथलाबाट पुगेको प्रहरीले प्रिन्सिपल आचार्यलाई नियन्त्रणमा लिएको हो। घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताए।
३० चैत २०७८, बुधवार १०:२६ बजे प्रकाशित






























