देशभर सोमबार थप २२ जनामा कोरोना संक्रमण, ४६ जना निको
पछिल्लो २४ घण्टामा देशभर थप २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै आज कसैको पनि मृत्यु भएको छैन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ९७२ जनाको पीसीआर परीक्षण गर्दामा २२ जना र १ हजार १७२ जनाको एन्टीजेन परीक्षण गर्दा ० जना गरी २२ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट ४६ जना निको भएका छन् भने हाल देशभर ५६८ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ५४४ जना होम आइसोलेसनमा रहेका छन् भने २४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ११ जना आईसीयू र १ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
२८ चैत २०७८, सोमवार १६:३१ बजे प्रकाशित













