सोमबार सुनको मूल्य घट्यो, चाँदीको स्थिर

सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घटेको छ । आइतबार प्रतितोला एक लाख तीन सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार एक लाख एक सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबारका लागि तेजावी सुनको मूल्य तोलामा ९९ हजार ६ सय रुपैयाँ तोकिएको छ । आइतबार तेजावी सुनको मूल्य ९९ हजार ८ सय रुपैयाँ थियो ।

यस्तै सोमबार चाँदीको मूल्य भने स्थिर छ । सोमबार चाँदीको प्रतितोला मूल्य १ हजार ३६५ रुपैयाँ कायम छ ।


२८ चैत २०७८, सोमवार १६:१० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु